१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

२५ वर्षपछि व्यक्तिगत प्रदर्शनमा नेपाललाई रजत 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२३:oo

- एसियाडमा एरिकाले दिलाइन् कराँतेमा नेपाललाई रजत
- फाइनलमा अनुभव कम भएको थियो : एरिका गुरुङ
- राम्रो प्रशिक्षण र एक्सपोजर प्राप्त हुँदा स्वर्ण जित्न सकिन्छ : कुशल श्रेष्ठ, प्रशिक्षक 

१९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा कराँतेतर्फ स्वर्णको दाबेदारका रूपमा हेरिएकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी छिन् । हाङझाउस्थित लिननी स्पोर्टस् सेन्टर जिम्न्याजियममा शनिबार भएको महिला ६८ केजी तौल समूहमा एरिका फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० पराजित भइन् । गत महिना इन्डोनेसियामा भएको एसियन कराँते च्याम्पियनसिपमा एरिकाले स्वर्ण पदक जितेकी थिइन् । 

१९औँ एसियाडमा १९ वर्षीय एरिकाले सीधै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । क्वार्टरफाइनलमा उनको खेल विश्व वरीयताको पाँचौँ स्थानमा रहेकी जापानकी एजुकी सवाईसँग थियो । एजुकीले यसअघि आफूले स्पर्धा गरेको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण जित्दै आएकी थिइन् । विश्व कराँते महासंघको वरीयतामा पाँचाैँ स्थानमा रहेकी एजुकीलाई १९औँ एसियाडमा स्वर्णको दाबेदारी खेलाडीका रूपमा हेरिएको थियो । 

यसैलाई हेरेर नेपालकी एरिका सहजै क्वार्टरफाइनलमा पराजित हुने अनुमान थियो । तर, एरिकाले आफूभन्दा निकै अनुभवी एजुकीलाई सेन्सुका आधारमा हराउँदै सेमिफाइनलमा स्थान बनाइन् । क्वार्टरफाइनलमा एरिकाले एजुकीलाई १–१ को बराबरीमा रोकेकी थिइन् । निर्धारित समयमा बराबरी अंकपछि थप समयमा पहिलो अंक बटुल्ने खेलाडी विजय हुने प्रावधान थियो । जसमा पहिलो अंक बटुल्दै एरिका ऐतिहासिक रूपमा फाइनलमा प्रवेश गरेकी थिइन् । 

एसियाडमा नेपाली कराँते खेलाडीले पहिलोपटक फाइनलमा स्थान बनाएको हो । यसअघि सेमिफाइनलमा एरिकाले हङकङकी यान काई होलाई ८–४ ले हराएकी थिइन् । एरिकाले स्वर्ण पदकको भिडन्तमा प्रतिस्पर्धा गरेकी काजकिस्तानकी सोफया विश्व कराँते खेलमा निकै अनुभवी खेलाडी हुन् । 

एरिकासँग प्रतिस्पर्धा गरेकी सोफया २०२० को जापानको टोकियोमा भएको ओलम्पिक खेलमा कांस्य पदक विजेता हुन् । २२ वर्षीया सोफयाले सन् २०२१ को कराँते विश्व च्याम्पियनसिपमा पनि उनले कांस्य जितेकी थिइन् । गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एरिकाले स्वर्ण जितेकी थिइन् । नेपाल पुलिस क्लबमा आबद्ध एरिकाको त्यो नै राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण थियो । त्यसपछि उनी हाङझाउ एसियाडका लागि प्रारम्भिक छनोटमा परेकी हुन् ।

यसअघि एरिकाले ऐतिहासिक रजत जित्नुअघिसम्म कराँतेमा खराब प्रदर्शन भएको थियो । शनिबारै बिहान नेपालका सन्तोष श्रेष्ठ ६७ केजी तौल समूहको प्रिक्वार्टरफाइनलमा थाइल्यान्डका फियन्डी चाइवाटबाट ३–२ ले पराजित भएका थिए । नेपालले पदकको निकै आशा गरेका विप्लवलाल श्रेष्ठ कांस्यनजिक पुगेर चुकेका थिए । उनी पुरुष कुमुतेको ८४ केजी तौलमाथि साउदी अरेबियाका मोहमद हामिदसँग ९–१ ले पराजित भएका थिए । उनी रिपोचतर्फ कांस्य पदक भिडन्तमा पराजित भएका थिए । 

नेपालले व्यक्तिगत इभेन्ट्समा रजत पदक जितेको यो दोस्रोपटक हो । सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले व्यक्तिगततर्फ पहिलोपटक रजत दिलाएकी थिइन् । पाँच वर्षअघि इन्डोनेसियाको जाकार्तामा भएको १८औँ एसियाडमा प्याराग्लाइडिङले क्रसकन्ट्रीमा दोस्रो स्थान हात पारेको थियो । नेपालले एसियाडको इतिहासमा २५ वर्षपछि व्यक्तिगत प्रदर्शनमा रजत जितेको थियो । यसअघि कराँतेमा सन् १९९४ सीता राई, १९९८ मा समरबहादुर गोले र सन् २०१४ मा विमला तामाङले कांस्य पदक जितेका थिए । 

स्वर्ण भिडन्तमा चुकेँ : एरिका गुरुङ रजत विजेता
बिहानदेखि नै प्रत्येक प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट दिने योजना बनाएकी थिएँ । यसबाहेक अरू केही पनि विचार थिएन । क्वार्टरफाइनलमा विश्व कराँतेकै राम्रा खेलाडीसँग खेल्नुपरेको थियो । उनीविरुद्ध राम्रो खेलेँ । आत्मविश्वासका साथ प्रतिस्पर्धा गरेकै कारण हराउन सकेँ । सुरुमै उत्कृष्ट सुरुवात गरेकी थिएँ । कांस्यपदक पक्का भए पनि अझ अगाडि बढ्नुपर्ने मनमा आएको थियो । गुरुहरूले पनि ऐतिहासिक प्रदर्शन गर्नुपर्ने सुझाव दिनुभएको थियो । सेमिफाइनलमा सहजै विपक्षीलाई हराएँ । 

स्वर्ण भिडन्तमा अलि चुकेजस्तो लाग्छ । फाइनलमा मेरो अनुभव कम भएको थियो । विपक्षी खेलाडी मभन्दा निकै राम्रो थियो । उसको फाइट राम्रो थियो । फाइनलमा सामान्य केही पक्षमा चुकेँ । यसबाहेक फाइट राम्रो थियो । स्वर्णनजिक पुगेर चुक्दा दुःख लागेको छ । अझ पनि मिहिनेत नपुगेजस्तो लाग्छ । लगातार तीनवटा खेल खेलेँ । अलि थाकेको छु । योभन्दा बेस्ट दिन धेरै मिहिनेत गर्नुपर्छ । यो सफलता हार्ड वर्कको प्रतिफल हो । एसियाडमा सक्दो बेस्ट दिने कोसिस गरेकी थिएँ । जुन एक किसिमले सफल नै भएँ ।

 

ad
ad