१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २० बिहीबार १३:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जहाँ १० शिक्षकले पढाउँछन् ४० विद्यार्थी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:२१:oo

वीरगन्ज महानगरपालिका– २४ मा रहेको रामजानकी आधारभूत विद्यालयमा ४० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा ७९ विद्यार्थीको भर्ना भए पनि ४० जना मात्रै नियमित रूपमा विद्यालय आउने गरेका छन्। मुख्य सहरको बीचमा रहेको यस विद्यालयमा एक शिक्षकको भागमा चार विद्यार्थी पर्न आउँछन्।

विद्यालयका प्रधानाध्यापक प्रभुप्रसाद जैसवालका अनुसार एक कार्यालय सहयोगीसहित ११ जना विद्यालयमा कार्यरत छन्। विद्यालयमा स्थायी शिक्षक ३ जना, राहत शिक्षक ४ जना र बालविकासमा ३ जना छन्। 

वीरगन्जको मुख्य चोक घण्टाघरदेखि करिब २ किलोमिटरको दूरीमा रहेको यस विद्यालयप्रति विद्यार्थी र अभिभावकको रुचि नदेखिएको शिक्षकहरू स्विकार्छन्। विद्यालयका शिक्षक अवधप्रसाद साहका अनुसार विद्यार्थीको संख्या बढाउन धेरैपटक टोलटोलमा पुगे पनि विद्यार्थी संख्या बढेको छैन।

महानगरपालिकाको २४ नं वडाका अध्यक्ष विजयप्रसाद कुर्मीले विद्यार्थी संख्या बढाउन नसकेकाले यहाँका शिक्षकलाई आवश्यक अन्य विद्यालयमा सरुवा गर्न माग गर्दै आएका छन्। केही शिक्षकलाई अन्य ठाँउमा सरुवा गरेर शिक्षकको संख्या घटाउन पटकपटक महानगरको शैक्षिक प्रशासन महाशाखालाई जानकारी गराए पनि वास्ता नगरेको उनको गुनासो छ। विद्यार्थी संख्या घटिरहेकाले शिक्षकहरू पनि नियमित विद्यालयमा आउन छाडेको भन्दै उनले असन्तुष्टि पोखे।

किन बढेन विद्यार्थी संख्या ?
वीरगन्ज महानगरपालिकाले पछिल्लो समय सामुदायिक विद्यालयलाई विभिन्न किसिमको सुधार गर्दै आएको दाबी गरिरहेको भए पनि खासै परिवर्तन देखिएको छैन।

महानगरपालिकाले विद्यार्थी संख्या बढाउन, शिक्षामा गुणस्तर ल्याउन, विद्यालयको अवस्था राम्रो बनाउन, शिक्षकलाई जिम्मेवार बनाउनलाई विभिन्न कार्य गर्दै आएको छ। तर पनि विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकोमा अभिभावकहरू पनि सन्तुष्ट छैनन्।

राज्यले सामुदायिक विद्यालयहरूमा निःशुल्क पठनपाठन, निःशुल्क पाठ्यपुस्तक, निःशुल्क परीक्षा व्यवस्थापन र सञ्चालन तथा कक्षा ५ सम्म दिवाखाजाको प्रबन्ध मिलाएको छ। तर, सामुदायिक विद्यालयमा विपन्न परिवारका विद्यार्थीहरू मात्र अध्ययन गर्ने भएकाले सुधारमा ध्यान नपुगेको अभिभावक हरि चौहानले बताए।

आधारभूत विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको भन्दै अभिभावकहरूले विद्यार्थीलाई निजी विद्यालयमा सार्दै आएका अर्का अभिभावक श्याम साह बताउँछन्। उनका अनुसार आधारभूत विद्यालय नाम मात्रको रहेकाले यहाँ पढाउन अभिभावकहरूमा रुचि रहेको पाइँदैन। त्यसो त श्रीराम जानकी आधारभूत विद्यालयमा अहिले पनि शिशु कक्षाका विद्यार्थीहरू भुइँमै बसेर बढ्दै आएका छन्।

महानगरपालिकाको शैक्षिक प्रशासन शाखाका अनुसार बढी शिक्षक रहेका विद्यालयबाट शिक्षक मिलानअन्तर्गत अन्य ठाउँमा सरुवा गर्ने तयारी गरिएको छ। शाखाका एक कर्मचारीका अनुसार श्रीराम जानकी आधारभूत विद्यालयका दुई-तीन शिक्षकको महानगरमा अपुग रहेका अन्य विद्यालयमा सरुवा गर्ने तयारी छ।

ad
ad