१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन सरकारले ५० हजार दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मंगलबारको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकन गर्न बझाङ सदरमुकाम चैनपुर पुगेका प्रधानमन्त्रीले पीडित परिवारको आवश्यकतालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

उनले सदस्य संख्याका आधारमा प्रभावित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘राहतमा पाल, कम्बल, औषधिलगायत तत्काल अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकार क्रियाशील छ ।’

भूकम्पपीडितलाई तत्काल राहत तथा अस्थायी टहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकार सबै प्रभावित जनताको साथमा छ, सरकार जनतासँगै छ ।’