१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विशेष प्रदेश अधिवेशनमा ओलीले भने- कतिपय ठाउँमा अस्वस्थता देखियो, स्वस्थ प्रतिस्पर्धा गर्नुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४७:oo

एमाले अध्यक्ष केपी ओलीले प्रदेश अधिवेशनमा नेतृत्व छनोटका लागि स्वस्थ प्रतिस्पर्धा गर्न ध्यानाकर्षण गराएका छन्। एमाले उपत्यका विशेष प्रदेशको अधिवेशन शुक्रबार उद्घाटन गर्दै ओलीले त्यस्तो बताएका हुन्। 

विभिन्न प्रदेशमा जित्नका लागि उम्मेदवारहरूले नेतालाई जोडेर प्यानल चुनाव गर्दै आन्तरिक प्रतिस्पर्धालाई अस्वस्थ बनाउन खोजेकोतर्फ इंगित गर्दै ओलीले स्वस्थ प्रतिस्पर्धा अंगाल्न ध्यानाकर्षण गराए। 

‘उठेपछि जित्नका लागि कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको पनि देखिन्छ, त्यस्तो नगरौँ, साँच्चै लोकतान्त्रिक अभ्यास, समझदारी र त्यसमार्फत सहमति गर्नुस्,’ ओलीले भने, ‘प्रतिस्पर्धा स्वस्थ गर्नुस्, हामी स्वस्थ समाज बनाउन, लोकतान्त्रिक समाज बनाउन लागिरहेका छौँ। त्यसकारण अस्वस्थ बाटोबाट गएर स्वस्थ गन्तव्यमा पुग्न सकिँदैन।’ 

एमालेका प्रदेश अधिवेशनहरूमा अध्यक्षमा पराजित उम्मेदवारहरूले अध्यक्षलाई घेराबन्दी गर्दै सीमित नेताहरूले अस्वस्थ प्रतिस्पर्धा गराएको आरोप लगाउँदै आएका छन्।

कतिपय प्रदेशमा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको चुनाव जित्नेमा उन्माद र हार्नेमा निराश भइहाल्ने प्रवृत्ति देखिएको भन्दै ओलीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई त्यसरी  लिन नहुने बताए। 

सकेसम्म सहमतिबाट र त्यस्तो हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयनका लागि निर्देशन गरिए पनि विपक्षीहरूले ओलीले सहमति चाहेको, तर कार्यकर्ताले मानेनन् भन्दै गलत प्रचार गरिएको पनि बताए।

‘कसैलाई न यसो गर्नुस् भनेर निर्देश, न आदेश गरिएको छ, यसै गर्नुस् भनेकै छैन, तैपनि विपक्षीहरूले भन्ने गरेका छन्, तपाईंहरूले नयाँ अभ्यास गर्नुस्। यहाँ जितेर पनि के-के न पाइने होइन। एउटाले जित्दा अर्कोले हार्दा मन दुख्छ, सहमति गर्दा कसैको मन दुख्दैन,’ ओलीले भने।