१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o असोज १९ शुक्रबार १५:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसियाड : पदकबाट चुके विप्लवलाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार १५:oo:oo

चीनको हाङझाउमा सञ्चालन भइरहेको १९औँ एसियाली खेलकुदअन्तर्गत कराँतेमा नेपालका विप्लवलाल श्रेष्ठ कांस्य पदकको भिडन्तमा चुकेका छन्। 

प्रतियोगिताको शुक्रबार ८४ केजीमाथिको तौल समूहमा साउदी अरेबियाका अली मोहमद हमेदीसँग उनी पराजित भएका हुन्। हारसँगै विप्लवले नेपाललाई सन् २०१४ पछि इन्चोन एसियाडपछि कांस्य पदक जित्ने अवसर गुमाए। विश्व कराँतेमै अनुभवी इरानी खेलाडी मोहमदसँग विप्लव ९–१ को फराकिलो अन्तरले पराजित भए। 

उनले प्रिक्वार्टरफाइनलमा ताजकिस्तानका खेलाडीलाई १२–४ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए।  क्वार्टरफाइनलमा विप्लव कीर्गिस्तानका खेलाडीसँग ५–१ अंकले पराजित भए। 

किर्गिस्तानका खेलाडी फाइनलमा पुगेसँगै उनले रिपाचेमा स्थान बनाए। रिपाचेको पहिलो राउन्डमा बाई पाएका उनले कांस्य पदकको भिडन्तमा साउदीका खेलाडी मोहमदको सामना गरेका हुन्। विप्लव सन् २०१९ को १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको स्वर्ण पदक विजेता हुन्। उनले सागको स्वर्ण भिडन्तमा पाकिस्तानी खेलाडीलाई हराएका थिए। 

एसियाडमा शुक्रबारै महिलातर्फ नेपालकी निरुपा दोङ तामाङ बंगलादेशकी खेलाडीसँग पहिलो चरणमै पराजित भएकी छिन्। प्रतियोगिताको पहिलो दिन बिहीबार कातामा दुई इभेन्ट र कुमुतेमा प्रतिस्पर्धा गरेका नेपाली खेलाडी बाहिरिएका थिए ।