१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o असोज १९ शुक्रबार १३:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कराँतेका विप्लवले कांस्यका लागि प्रतिस्पर्धा गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार १३:४४:oo

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली कराँते खेलाडी विप्लवलाल श्रेष्ठले कांस्य पदकका लागि साउदी अरेबियाका तारेग हामिदको सामना गर्ने भएका छन्।

पुरुष कुमुतेको ८४ केजीमाथिमा प्रतिस्पर्धा गरेका विप्लवले पहिलो खेलमा ताजकिस्तानका उमेद साफारोभलाई १२–४ ले हराएका थिए। क्वार्टरफाइनलमा किर्गिस्तानका सादिकानोभ अदिलेतसँग ५–१ ले पराजित भए। विप्लवले रिपोचको पहिलो खेलमा बाई पाएपछि कांस्यका लागि भिड्ने पक्का भएको हो।

नेपालले शुक्रबार मात्रै पदकको खाता खोलेको छ। नेपाललाई महिला कबड्डी टोलीले कांस्य पदक दिलाएको हो।