१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:११:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बझाङ भूकम्प : एकीकृत कार्यक्रम बनाएर प्रभावितको पुनर्स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:११:oo

भूकम्पको क्षति लेखाजोखा तथा प्रभाव मूल्यांकन गरी आवश्यकताको पहिचान गर्ने र पुनर्निर्माण तथा पुनर्लाभका कार्यक्रम तय गर्न आवश्यक स्रोतको व्यवस्थापन गर्ने विपत् परिषद्को निर्णय 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत कार्यक्रम बनाएर भूकम्प प्रभावितको पुनर्स्थापना गर्न निर्देशन दिएका छन् । १६ असोजमा बझाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प र त्यसका परकम्पबाट घरवास क्षति भई घरबाहिर बसिरहेका प्रभावितलाई तीनै तहको समन्वयमा एकीकृत कार्यक्रम बनाएर राहत, पुनर्निर्माण तथा पुनर्स्थापनालगायतका कार्य गर्न निर्देशन दिएका हुन् । 

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १२औँ बैठकमा प्रचण्डले आफू छिट्टै प्रभावित स्थलको स्थलगत अवलोकन गर्ने जानकारी दिए । ‘यो भूकम्पलाई संकेतका रूपमा लिई सुदूरपश्चिम क्षेत्रमा भविष्यमा आउन सक्ने यस्तै खालका विपत्तिको पूर्वतयारी गर्न पूर्वसूचना प्रणालीको स्थापना र सञ्चालनका लागि सरोकारवालाहरूलाई निर्देशन दिन्छु,’ उनले भने ।

विपत् प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काद्वारा जारी प्रेस नोटअनुसार बैठकले बझाङ भूकम्पको क्षतिको लेखाजोखा तथा प्रभाव मूल्यांकन गरी आवश्यकताको पहिचान गर्ने र पुनर्निर्माण तथा पुनर्लाभका कार्यक्रम तय गर्न आवश्यक स्रोतको व्यवस्थापन गर्ने निर्णय गरेको छ । 

तीन तहका सरकारबीचको समन्वयमा एकीकृत रूपमा एकद्वार प्रणालीमार्फत कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ । प्राधिकरणलाई पुनस्र्थाथापना र पुनर्लाभको कामका लागि आवश्यक नीतिगत सहजीकरण गर्ने र त्यसका लागि नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

बझाङ भूकम्पमा परी बझाङको जयपृथ्वी नगरपालिकाकी ४० वर्षीया गुणमती धामीको ज्यान गएको थियो भने  २७ जना घाइते भएका छन् ।  प्राधिकरणले संकलन गरेको प्रारम्भिक विवरणअनुसार भूकम्पले बझाङमा ६४, बाजुरामा नौ, बैतडीमा दुई र अछाममा एक निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।  तीन सय ७८ घरपरिवारका एक हजार नौ सय जनसंख्या घरबाहिर बसिरहेका छन् ।