१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १८:२९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मकालु गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १८:२९:oo

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी भएको छ। गाउँपालिका अध्यक्ष ओङ्दी शेर्पा कार्यकक्षमा लामो समयदेखि अनुपस्थित भएको भन्दै स्थानीयहरूले बिहीबार तालाबन्दी गरेका हुन्। 

लामो समयदेखि कार्यालयमा अनुपस्थित भएका, पालिकाभित्रका नागरिकहरूको दैनिक सेवाप्रवाहमा समस्या र विकास निर्माणलगायतका काममा ध्यान नदिएको, पालिकाको सरकारी सवारीसाधन ब्यापक दुरुपयोग गरेको भन्दै अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ।

अध्यक्ष शेर्पाको उपस्थितिमा छलफलपछि मात्रै ताला खोलिने स्थानीयले जनाएका छन्। अध्यक्ष शेर्पा बढीजसो खाँदबारी र काठमाडौं बस्ने गरेका उनीहरूको आरोप छ।

यस विषयमा असन्तुष्ट स्थानीयसँग बसेर छलफल गर्ने गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए।