१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
कञ्चनपुरको पुनर्वास–८ वडा कार्यालयले भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित ।  
मोहन विष्ट कन्चनपुर
२o८१ जेठ ३ बिहीबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कञ्चनपुरमा भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कन्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:५२:oo

कञ्चनपुरको एक वडा कार्यालयले भारतीय नागरिकलाई नेपालमै जन्मिएको भनेर प्रमाणित गरिदिएको छ। पुनर्वास नगरपालिका– ८ नम्बर वडा कार्यालयले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको हो। 

भारतको मदुराई गाउँका नागर्जुन किटप्पा र बिमला किटप्पाका छोरा बालमुर्गन किटप्पा नेपालमै जन्मिएको प्रमाणित गरिदिएपछि वडा कार्यालय विवादमा परेको छ।

४४ वर्षीय भारतीय नागरिक किटप्पालाई वडाले गत वर्ष नेपालमै जन्मिएको प्रमाणित गरेर गैरकानुनी काम गरेको छ। जब कि किटप्पा भारतमै जन्मिएको र भारतीय नागरिक हुन्।

वडाध्यक्ष राना श्रवणले १९ फागुन ०७९ अर्थात् ३ मार्च ०७९ मा नेपालमै जन्मिएको प्रमाणित गरिदिएको तथ्य बाहिरिएको छ। किटप्पा सन् १९८० अप्रिल ३ अर्थात् २६ चैत ०३६ मा भारतमै जन्मिएका थिए। भारतीय नागरिक बालमुर्गन किटप्पाको आयकर विभागको परिचयपत्रमा समेत ३ मार्च १९८० मा जन्ममिति राखिएको छ।

भारतीय नागरिकलाई नागरिकता दिलाउन जन्ममिति प्रमाणित गरिदिएपछि स्थानीयले वडाध्यक्षका गतिविधि शंस्कापद भएको भन्दै छानबिनको माग गरेका छन्। 


यसरी भारतीय नागरिकलाई नेपालमा जन्मिएको प्रमाणित गर्ने कार्य गैरकानुनी एवं राष्ट्रघात भएको भन्दै छानबिन गर्दै दोषीउपर कारबाहीको माग अघि सारेका हुन्।

पुनर्वास नगरपालिका– ८ का वडाध्यक्ष राना श्रवणले उक्त विषयमा आफूमाथि केही षड्यन्त्र भइरहेको बताए। ‘मैले जानीजानी प्रमाणित गरेको होइन, यो बाहिर आएको पत्रको पूरै प्रमाण कार्यालयमा पनि भेटिएको छैन,’ उनले भने, ‘ममाथि भइरहेको षड्यन्त्र हो, म पनि कार्यालय पुगेर छानबिन गर्छु।’ 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उक्त विषयमा छानबिन भइरहेको जानकारी दिए। ‘भारतीयलाई नेपालमै जन्म भएको प्रमाणित गरेको विषयमा हामी छानबिन गर्दैछौँ,’ प्रजिअ अधिकारीले भने, ‘जो दोषी भेटिन्छ, कारबाही गर्छौँ।’ प्रजिअ अधिकारीले नागरिकताबारे नयाँ व्यवस्थासम्बन्धी पालिका जनप्रतिनिधिसँग अभिमुखीकरण गरिने बताए।

 

 

ad
ad