१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १o:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘किड्डी फेस अफ द इयर : इन्टरनेसनल २०२३’ का विजेता छानिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:३९:oo

 रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल २०२३’ का विजेता छानिएका छन् । सातौँ संस्करणअन्तर्गत भएको कार्यक्रममा आरुष भट्टराई, ब्रबिम बराल, सायुरी कँडेल र अक्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल २०२३’ का विजेता घोषित भएका हुन् । 

काठमाडौंमा भएको प्रतियोगितामा सिनियर र जुनियरअन्तर्गत केटा र केटी गरेर चार विजेता चुनिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सिनियर केटातर्फ आरुष भट्टराई र जुनियर केटातर्फ ब्रबिम बराल तथा सिनियर केटीतर्फ अक्षयनी दाहाल र जुनियर केटीतर्फ सायुरी कँडेलले उपाधि प्राप्त गर्न सफल भएको उल्लेख छ ।

त्यस्तै, प्रतियोगितामा जुनियर केटातर्फ सम्भव जैन फस्र्ट रनरअप, आर्देन सुवेदी सेकेन्ड रनरअप, सिनियर केटातर्फ भियोम गोयल फस्र्ट रनरअप र आर्जय कोइराला सेकेन्ड रनरअप बन्न सफल भए । 

प्रतियोगितामा सिनियर केटीतर्फ सावलिन महर्जन फस्र्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने भने जुनियर केटीतर्फ सदीक्षा जिसी फस्र्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअपको उपाधि प्राप्त गर्न सफल भएको जनाइएको छ । विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर र दावा एचएमसी नेपाल प्रालिको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेको जनाइएको छ । 

सातदेखि १३ वर्षसम्मका बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा डान्स कोरियोग्राफर संयुक्त स्थापित, कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजू, ड्रेस डिजाइन श्रीषा बैदारले गरेको जनाइएको छ । 
 

ad
ad