१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार २१:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले डाके विपद् परिषद्को बैठक, बझाङ भूकम्प एजेन्डा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २१:४o:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषषद्को बैठक डाकेका छन् । बझाङमा ६.३ म्याग्निच्युडको भूकम्पले डेढ सय घर, भवनमा क्षति पुर्याएपछि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान ९ बजेका लागि परिषद् बैठक बोलाएका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार बैठक बझाङ भूकम्पबाट भएको क्षतिको विवरण प्रस्तुत हुनेछ भने राहत र पुनस्र्थापनाका विषयमा निर्णय हुनेछ ।  

प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्मा गृह, अर्थसहित सरोकारवाला मन्त्रालयका मन्त्री, विपक्षी दलका नेता, सातै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र प्रधानसेनापति सदस्य रहन्छन् । 

प्रधानमन्त्री प्रचण्डले बुधबार मात्र बझाङ जिल्लाका जनप्रतिनिधिसँग भूकम्पको क्षतिबारे जानकारी लिएका थिए । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पका कारण घाइते भएकाको उपचार खर्च व्यहोर्ने र एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय गरिसकेको छ । 

भूकम्पका कारण बझाङ, बाजुरा, अछाम र बैतडीमा गरी २७ जना घाइते भएका छन् ।

ad
ad