१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका सुदूरपश्चिम
२o८o असोज १७ बुधबार १६:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पका घाइतेहरूकाे उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने  

तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सुदूरपश्चिम
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १६:३७:oo

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ। 

खोज, उद्धार, राहत वितरण कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा गर्ने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए। 

उनले भूकम्पमा परी घाइते भएकाको उपचारमा कुनै कमी–कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै घाइतेको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिए। 

बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका सभामुख, प्रदेशका प्रमुख सचिव, सचिव, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो। 

मंगलबार बझाङमा गएको भूकम्पमा परी जयपृथ्वी नगरपालिकाकी गुनमती धामीको मृत्यु भएको छ। भूकम्पसँगै पहिरो जाँदा बेपत्ता भएकी उनी मृत फेला परेकी थिइन्। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सञ्चार शाखाका अनुसार भूकम्पका कारण बझाङ, अछाम, बैतडी र बाजुरामा गरी २७ जना घाइते भएका छन्। 

भूकम्पको झड्काका कारण करिब ३२ सरकारी, तीन सय संख्यामा विद्यालय भवन तथा व्यक्तिगत घरमा क्षति पुगेको छ।