१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Friday, 09 May, 2025
२o८o असोज १७ बुधबार १५:२६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

टिष्टा नदीमा आएको बाढीमा २३ भारतीय सैनिक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १५:२६:oo

उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण टिष्टा नदीमा आएको शक्तिशाली बाढीमा परी २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ। 

भारतीय सेनाले भनेको छ, ‘उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशित रूपमा भीषण वर्षा हुँदा टिष्टा नदीमा बाढी आयो, २३ सैनिक बेपत्ता भएको र केही सवारीसाधन डुबेको खबर छ। खोजी कार्य जारी छ।’ 

उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमानजिक पर्छ। साथै ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजंघामा रहेको हिमनदीको फेदमा अवस्थित छ। 

चुङथाङ बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिट माथि रहेको टिष्टामा बाढी आएको सेनाले बताएको छ। 

भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडियोमा जंगली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखाइएको छ। 

सामान्यतया भारतमा जुनदेखि सुरु भएर सेप्टेम्बरमा सकिने मनसुनको समयमा अचानक बाढी आउनु सामान्य हो। अक्टोबरसम्ममा मनसुनी वर्षा सामान्यतया सकिसकेको हुन्छ।