१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँमै स्ट्रेचर नहुँदा बिरामीलाई सास्ती 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२५:oo

लेकम गाउँपालिकाका स्वास्थ्य चौकीमा स्ट्रेचर नहुँदा बिरामीलाई सास्ती भएको छ। स्वास्थ्य संस्थामा स्ट्रेचर नहुँदा बिरामीलाई काठमा झुन्ड्याएर बोक्नुपर्ने बाध्यता भएको स्थानीय बताउँछन्।

लेकम गाउँपालिका– ५ पिर्तोलीकी ४५ वर्षीया भागरथी भट्टलाई आइतबार बेलुका ७ बजेतिर एक्कासि बेस्सरी पेट दुख्ने, हातखुट्टा सन्निने, छाती दुख्ने समस्या भयो। गाउँमा स्ट्रेचर खोजी भयो, तर कहीँ भेटिएन। 

नजिकैको स्वास्थ्य चौकीमा गए पनि स्ट्रेचर नभेटिएपछि परिवार आत्तियो। स्ट्रेचर नपाएपछि स्थानीयले महिलालाई काठमा झुन्ड्याएर मेडिकलसम्म लैजानुपरेको बिरामीका छोरा नवराज भट्टले बताए। ‘अस्पताल लैजान पनि राति भइसकेको थियो। घरमा गर्नुपर्ने उपचार सबै गरियो।’ 

निको नभएपछि उनीहरूले सोमबार बिरामीलाई शैल्यशिखर– ६ पनेबाजको मेडिकल पुर्‍याएर उपचार गराएका छन्। पाँच किलोमिटरभन्दा बढी बिरामीलाई काठमा बाँधेर लगिएको उनले बताए। गाउँकै अर्को वडाबाट स्ट्रेचर ल्याउन तीन घन्टाभन्दा बढी समय कुनुपर्ने भएपछि स्थानीयले काठमा डोरी बाँधेरी बिरामी बोकेका हुन्।

लेकम गाउँपालिका– ५ चौपातासम्म सडक पुगे पनि बर्खामा अवरुद्ध भएयता खुलेको छैन। जसको कारण बिरामीलाई काठमा बोकेरै लिनुपर्ने बाध्यता छ। ‘सडक खुलेको भए पनि बिरामीले सास्ती भोग्नुपर्ने थिएन,’ उनले भने, ‘विकट बस्तीबाट घन्टाैँ हिँडाएर मेडिकलसम्म पुर्‍याउँदा ज्यानको निकै जोखिम छ।’ 

उनी मात्र हाेइन, मंगलबार सोही ठाउँकी अञ्जु बोहाेरालाई अस्पताल लिन स्ट्रेचर अर्को गाउँबाट ल्याउनुपरेको स्थानीय पुष्कर बोहाेराले बताए। ‘आधा घन्टा हिँडेर अर्को गाउँ गएर स्ट्रेचर ल्यायौँ। गाउँमा स्ट्रेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन मुस्किल छ।’

‘सडक पनि खुलेको भए जनताले दुःख पाउने थिएनन्,’ पुष्कर बोहाेराले भने, ‘सडक कहिले सुधार गर्छन्। सुत्केरी, बिरामी हुँदा पनि गाउँमा स्ट्रेचरको समस्या हुने गरेको छ।’ पिर्तोलीमा मात्रै ५० भन्दा बढी परिवारको बसोवास छ।

वडा नम्बर ५ मा रहेको रिठचौपाता स्वास्थ्य चौकीमा समेत स्ट्रेचर अभाव रहेको स्वास्थ्य चौकी इन्चार्ज दामोदर जोशीले बताए। ‘म आएको एक वर्ष भयो। स्ट्रेचर खरिद गरिएको छैन। एउटा भाँचिएको स्ट्रेचर थियो। त्यो पनि गाउँमा लगेर फिर्ता नगरेपछि बिरामी बोक्न समस्या भएको हो।’

वडाध्यक्ष बलदेवसिंह बोहाेरा स्ट्रेचर समस्याबारे आफूलाई जानकारी नगराएको बताए। उनले आफू जनप्रतिनिधि हुनुभन्दा अगावै हरेक गाउँमा स्ट्रेचर खरिद गर्न लगाएको बताए। अहिले जनप्रतिनिधि भइसकेपछि स्ट्रेचरबारे स्वास्थ्य संस्थाले उनलाई जानकारी नगराएको उनको भनाइ छ।

बोहोराले स्ट्रेचर समस्याबारे १८ असोजमा बस्ने कार्यपालिका बैठकबाट निर्णय गराएर सबै गाउँमा स्ट्रेचर खरिद गरिने बताए। उनले भने, ‘सबैले लापरबाही गरेकै कारण अहिले स्ट्रेचरको समस्या देखियो। अब सबै गाउँ–गाउँ पुग्ने गरी स्ट्रेचर खरिद गरिन्छ।’