१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ५ शनिबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

विराटनगरमा मुनामदन नाटक २० असोजसम्म मञ्चन हुने 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:३o:oo

विराटनगरको आरोहण गुरुकुलमा दुई हप्तादेखि मञ्चन भइरहेको मुनामदन नाटक २० असोजसम्म प्रदर्शन हुने भएको छ।

४ असोजदेखि निरन्तर मञ्चन भइरहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक दर्शकहरूको मागलाई ख्याल गर्दै २० असोजसम्म मञ्चन हुने भएको हो।

विराट आदर्श साहित्य मञ्चको आयोजनामा मञ्चन भइरहेको मुनामदन १६ असोजसम्म मात्र देखाउने योजना थियो। तर, दर्शकहरूको मागले गर्दा नाटक २० असोजसम्म मञ्चनको समय थप गरेको मञ्चका अध्यक्ष तथा निर्देशक कटवाल दीपकले बताए।

मुनामदनको नाट्य रूपान्तरण युवा साहित्यकार कटवाल दीपकले नै गरेका छन्। नाटक हेर्न कलेज, विद्यालयका विद्यार्थी आउने गरेका छन्।

नाटकमा लकेश दंगाल, मिलन चाम्लिङ राई, रश्मी थापा, सुजता थापा, अतित निरौला, प्रदीप दाहाल, निर्जल पौडेल, दिवस ढकाल, एलिजा ठाकुर, आकृति थापा, सचिन लिम्बू, लीला लिम्बू र मलिना तामाङले अभिनय गरेका छन्। 

ad
ad