१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format २१:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको कर्णाली अध्यक्षमा गुलाबजंग शाह विजयी

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format २१:o१:oo

एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी मीनबहादुर शाहीलाई पराजित गर्दै शाह प्रदेश अध्यक्षमा विजयी भएका हुन्। 

६०४ मत खसेकोमा शाहले ३६९ मत पाए भने शाहीले २०७ मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत पाए। 

अन्य पदाधिकारीमा पनि शाह प्यानलका उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा टेकराज पछाई ३४२ मत प्राप्त गरी विजयी भए। उपाध्यक्षका अन्य उम्मेदवार लालबहादुर महताराले १७६ र दानसिंह परियारले ५९ मत पाए। 

सचिवमा ध्रुवकुमार शाही ४०६ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी रुद्धबहादुर शाहीले १६९ मत प्राप्त गरे। उपसचिवमा शाह प्यानलका रमेशकुमार शाही र रवीन्दराज शर्मा विजयी भए।