१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इतिहास बिर्सिएर मूलधारका दलहरूप्रति गलत भाष्य निर्माण गर्न खोजिएको छ : पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५३:oo

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले मूलधारका राजनीतिक दलले इतिहासका विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन र समाज परिवर्तनमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रवृत्ति हाबी हुन खोजेको बताएका छन्।

१५४औँ गान्धी जयन्ती तथा विश्व शान्ति दिवसका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले सोमबार राजधानीमा गरेको कार्यक्रममा पुनले नेपाली इतिहास बिर्सिएर केही शक्ति र मानिसहरूले मूलधारका राजनीतिक दलहरूप्रति समाजमा गलत भाष्य निर्माण गर्न खोजेको बताए। राजनीतिक दलहरू र नेताहरूप्रति उठेका प्रश्नको सबैले जवाफ दिर्नैपर्ने भए पनि कतिपय प्रश्न नियोजित रहेको उनको भनाइ थियो।

‘मुख्य राजनीतिक शक्तिहरूका बारेमा प्रश्नहरू छन्। ती प्रश्नको एकएक जवाफ दिनुपर्छ। पुराना दल असान्दर्भिक भए, विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ,’ पुनले भने, ‘कतिपय नियोजित प्रश्न छन्। इतिहास र आजको यथार्थता बिर्सिएर मूलधारका राजनीतिक दलप्रति अनावश्यक लाञ्छना लगाइएका छन्।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले पञ्चायतको समयभन्दा ०४६ र ०६३ पछिका विकासमा तथ्यांकले नै देशमा सडक सञ्जालको निर्माण, विद्युतीकरण, भौतिक पूर्वाधारको विकास, साक्षरता र उच्च शिक्षाको दर हेर्दा नेपाल तीव्र विकासको चरणमा रहेको स्पष्ट हुने दाबी गरे। यद्यपि आजको विश्वको तुलनामा केही अपर्याप्तता रहेको उनको स्वीकारोक्ति थियो।