१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Friday, 09 May, 2025
२o८o असोज १५ सोमबार १७:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दुई छाेरासहित जालसाजीको मुद्दा, ट्रम्पको व्यापारिक साम्राज्य खतरामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार १७:o४:oo

आफ्ना दुई छोराविरुद्ध जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै छन्।

आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ।

सोमबारको मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उनका दुई छोरा एरिक तथा डन जुनियरले ट्रम्प संगठनको घरजग्गा र वित्तीय सम्पत्तिको मूल्य बढाएर जालसाजी गरेको न्यायाधीश आर्थर एनगोरनले पहिला नै फैसला गरिसकेका छन्। 

न्युयोर्कका महान्यायाधिवक्ता लेट्टिया जेम्सले २५ करोड अमेरिकी डलर जरिवाना र ट्रम्प तथा उनका छोराहरूलाई ट्रम्प साम्राज्यको व्यवस्थापनबाट हटाउन खोजिरहेका छन्। 

सोमबार बिहानको सुनुवाइमा आफू उपस्थित हुने ट्रम्पले आइतबार बेलुका बताएका थिए। ‘मेरो नाम र प्रतिष्ठाविरुद्ध लड्न भोलि बिहान म अदालत जाँदै छु,’ आफ्नो ट्रुथ सोसियल प्लेटफर्ममा उनले लेखेका छन्, ‘यो सम्पूर्ण मामिला नक्कली हो।’

यो मामिलाबाहेक आगामी महिनाहरूमा ट्रम्पले धेरै ठूला आपराधिक मामिलाको पनि सामना गर्नुपर्नेछ। जो बाइडेनले जितेको सन् २०२० को राष्ट्रपति निर्वाचनको नतिजालाई उल्ट्याउने प्रयास गरेको आरोपमा उनलाई आगामी मार्च ४ मा वासिंटनस्थित संघीय न्यायाधीशसमक्ष उपस्थित गराउने कार्यक्रम छ। 

त्यसपछि उनी न्युयोर्क राज्य अदालतमा फिर्ता हुनुहुनेछ। अहिले आपराधिक गुप्त सम्पत्तिको आरोपमा र पछि फ्लोरिडा संघीय अदालतमा हाजिर हुनुहुनेछ। उनीमाथि राष्ट्रपति कार्यालय छोडेपछि वर्गीकृत दस्ताबेजहरू गलत तरिकाले प्रयोग गरेको आरोप लगाइएको छ। 

अन्तिममा उनले जर्जिया राज्यमा लागेको आरोपहरूको पनि जवाफ दिनुपर्नेछ। जर्जियामा उनीमाथि अवैध रूपमा सन् २०२० को राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा परिवर्तन गर्न प्रयास गरेको आरोप लगाइएको छ।