१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजस्व अनुसन्धानको टोलीद्वारा लगातार छापा, आज पनि ३२ लाखको सामान बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५५:oo

राजस्व अनुसन्धान कार्यालय इटहरीले तीन दिनदेखि सिराहामा लगातार छापा मारेको छ। राजस्व अनुसन्धानको टोलीले सिराहामा विशेष निगरानी बढाएको छ। 

सुराकीको आधारमा खटिएको राजस्व अनुसन्धानको टोलीले आज बिहान सीमावर्ती सिराहा नगरपालिका– १५ बुधौराबाट भन्सार छलेर लुकाइराखेको लत्ताकपडा बरामद गरेको हो।

छापा मर्ने क्रममा करिब ३२ लाख मूल्यको १६ गाठ लत्ताकपडा बरामद गरिएको राजस्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले बताए। 

गत शनिबार राजस्व अनुसन्धानको टोलीले सिराहा नगरपालिका– १५ वाट ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो। आइतबार दिउँसो भन्सार छली ल्याइएको लत्ताकपडा बोकेको ट्रकलाई चोहर्वाबाट नियन्त्रणमा लिएको थियो। 

ठूलो परिमाणमा भन्सार छलीका लत्ताकपडा बरामद भएपछि सशस्त्र प्रहरीका सिराहा प्रमुख एसपी प्रमोद भारती र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट माडरका प्रमुख डिएसपी रामहरि खतिवडालाई सशस्त्र प्रहरीको बर्दिबास बाहिनी तानिएको छ।