2023-10-01-03-27-20.jpeg)
केएमसी अस्पतालमा कार्यरत इन्टर्न डाक्टर मनीष खड्कामाथि कुटपिट भएपछि सिनामंगल क्षेत्र तनावग्रस्त बनेकाे छ।
दिउँसो २ बजे उपचारका लागि ओपिडी कक्षमा आएका बिरामीका आफन्तले डाक्टर खड्कामाथि आक्रमण गरेको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले नयाँ पत्रिकालाई जानकारी दिए।
कुटपिटपछि चिकित्सक अस्पतालबाहिर सडक आएर प्रदर्शन गरिरहेका छन्। हिजो मात्रै आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको थियो। सहमतिपछि उनीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए।
डाक्टरमाथि कुटपिट गर्ने गुल्मी घर भई हाल काठमाडौं बस्ने रूपक गौतम र सरोज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तस्बिरहरू: