१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १४ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १४ आइतबार १२:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १४ आइतबार १२:४३:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

चाडबाडका समयमा नेपाल आइल निगमले इन्धनको मूल्य बढाएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

पेट्रोलियम पदार्थलाई स्वचालित मूल्य प्रणालीमा लिनुपर्छ भन्ने सरोकारवाला निकायहरूको समेत सुझावका आधारमा नेपाल आयल निगमले केही महिनाअघिदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो।

तर, नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनीतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनुपर्नेमा त्यो नभएकोमा प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ। 
 
प्रधानमन्त्रीको सचिवालयका अनुसार यो विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाएर छलफल गरेपछि १२:३० बजे प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।