१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खुर्पा प्रहार गरी ७२ वर्षीया वृद्धाको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४६:oo

धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ४ हल्दारेमा खुर्पा प्रहारबाट एक वृद्धाको हत्या भएको छ । ७२ वर्षीया सुकमाया गुरुङमाथि खुर्पा प्रहार गरी सोही ठाउँका ३६ वर्षीय मंगल गुरुङले हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

गुरुङ नाताले गाउँले काकी र भतिज हुन् । पहिलेदेखिको पारिवारिक रिसइवीका कारण हत्या भएको खुलेको छ । एसपी मिश्रले भने, ‘पहिल्यैदेखिको रिसइवि र बाख्राले बाली खाएको रिसमा खुर्पा प्रहार गरी हत्या गरेका हुन् । अपशब्द बोल्ने र सधैँ हेप्ने भएकाले सहनै नसकेर हत्या गरेको उनले स्वीकार गरेका छन् ।’

सुकमाया आफ्नै घरनजिक सडकमा शरीरका विभिन्न भागमा क्षतविक्षत गरी काटिएको अवस्थामा मृत फेला परेको एसपी मिश्रले बताए । खुर्पा प्रहार गर्ने गुरुङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।