१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस सिड्नी
Invalid date format १७:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रेलियामा ह्वेल माछाले डुंगालाई ठक्कर दिएपछि...

Read Time : < 1 मिनेट
रासस, सिड्नी
नयाँ पत्रिका
Invalid date format १७:o५:oo

अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुंगालाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको ‘बोटनी वे’मा आपतकालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक ६१ वर्षीय वृद्धलाई उद्धारको प्रयास गर्दा उनी निष्प्राण भेटिएकाे जनाएका छन्। मृतक ती वृद्ध ढलेको स्थानभन्दा केही पर अर्का एकजनालाई गम्भीर अवस्थामा उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ।

मानवविहीन डुंगा बोटनी वेमा बारम्बार घुमिरहेको देखेपछि दुर्घटनाको आशंकामा आपतकालीन सेवाका अधिकारी घटनास्थलमा पुगेका थिए। अज्ञानवश पीडितहरू धेरै ह्वेल भएका स्थानमा डुंगा लिएर पुग्दा दुर्घटना भएको उनीहरूले बताएका छन्।

सुरक्षा अधिकारीहरूले दुर्घटनाको अनुसन्धान थालेका न्यू साउथ वेल्सका प्रहरी अधिकृत सिओभान मुनरोले बताएका छन्।