१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार २o:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

छुरा प्रहार गरेर हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २o:२१:oo

दमकमा छुरा प्रहार गरेर एक व्यक्तिको हत्या भएको छ । हत्या हुनेमा इलाम चुलाचुली– ३ का ३८ वर्षीय गोविन्द लिम्बू छन् । उनलाई शुक्रबार बिहान दमक नगरपालिका– १ स्थित कुमाल चोकमा छुरा प्रहार भएको हो । 

प्रारम्भिक अनुसन्धानबाट दमक– ७ का २५ वर्षीय सनम राईले उनीमाथि छुरी प्रहार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

छुरा प्रहारबाट लिम्बूको घाँटी, पाखुरामा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते लिम्बूलाई उपचारका लागि लाइफलाइन अस्पताल पुर्‍याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो । 

प्रहरीका अनुसार मृतक लिम्बूसहित केही व्यक्तिहरू एक होटेलमा बसेर मादक पदार्थ सेवन गर्दै थिए । सोही क्रममा पिसाब फेर्ने निहुँमा झगडा हुँदा लिम्बूमाथि छुरा प्रहार भएको हो । 

सँगै बसेका केहीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । सनमसहित केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

ad
ad