१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
एजेन्सी प्योङयाङ
Invalid date format १o:१६:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

उत्तर कोरियाले संविधानमै  लेख्यो आणविक सम्पन्न राष्ट्र

Read Time : < 1 मिनेट
एजेन्सी, प्योङयाङ
नयाँ पत्रिका
Invalid date format १o:१६:oo

उत्तर कोरियाका नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाबाट उत्पन्न खतराको सामना गर्न थप आधुनिक आणविक अस्त्र चाहिने भन्दै देशको संविधानमा आणविक शक्ति सम्पन्न राष्ट्र समावेश गर्न लगाएको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

आणविक हतियार कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले यस वर्ष उल्लेख्य संख्यामा क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाली आणविक कार्यक्रममाथि विशेषतः संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र उसका सहयोगीले आपत्ति जनाउँदै आएका छन् । संयुक्त राज्य अमेरिका र उसका सहयोगीबाट उत्तर कोरियामाथि अस्तित्वको खतरा भएकाले आफ्नो प्रतिरक्षाका लागि आणविक हतियारको आवश्यकता रहेको बताउँदै आएको छ । 

उत्तर कोरियाको आणविक हैसियत संविधानमा उल्लेख भएसँगै उत्तर कोरियाली नेतृत्वलाई आणविक हतियार त्याग्न राजी गराउने सम्भावना क्षीण हुँदै गएको विज्ञहरूले बताएका छन् । सियोलस्थित युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका अध्यक्ष याङ मुन जिनले एएफपीसँगको कुराकानीमा भने, ‘उत्तर कोरियाको संवैधानिक परिवर्तन आणविक शक्तिको स्थायित्वको प्रतीकजस्तो देखिएको छ । यसले कोरियाको आणविक निःशस्त्रीकरणको सम्भावनालाई अझ टाढा धकेल्छ ।’