१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ११ बिहीबार १९:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाश पर्वत र मानसरोवरको सहज यात्राको व्यवस्था मिलाउने प्रधानमन्त्रीको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ११ बिहीबार १९:५२:००

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन्। 

आज कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकनपछि उनले नेपाली भारतीय र अन्य देशका पर्यटकहरूले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी दिए। 

प्रधानमन्त्री प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर–दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने जानकारी दिए। 

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर करिब दुई सय ५० किलोमिटर टाढा रहेको छ भने नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट एक सय ६० किलोमिटर र नेपाल चीन सिमानाबाट भने ७० किलोमिटर टाढा रहेको छ। 

सिमकोटबाट कैलाश मानसरोवर जान अहिले सडक सञ्जाल जोडिएको भए पनि सडकको ट्र्याक मात्रै खोलिएकाले यात्रा गर्न असहज रहेको छ। प्रधानमन्त्री प्रचण्डले सो सडकको गुणस्तर वृद्धि गर्ने काम छिट्टै अघि बढाइने जानकारी दिए।

कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोवर ताल रहेको छ ।