१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
टेकराज थामी काठमाडौं
Invalid date format १९:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपप्राध्यापक चलाउने कुटपिटमा संलग्न श्रेष्ठ तीन वर्षपछि पक्राउ 

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३८:oo

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने सयुस श्रेष्ठ घटनाको तीन वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको रातोपुलबाट बिहीबार पक्राउ गरेको हो। उनीविरुद्ध उच्च अदालत पाटनले पाँच लाख रुपैयाँ धरौटी र एक लाख रुपैयाँ क्षतिपूर्ति असुल गर्ने आदेश गरेको थियो। तर, उनी दुवै नतिरी फरार रहेका थिए। 

उपप्राध्यापक चलाउनेले घटनामा संलग्नमध्ये श्रेष्ठ पक्राउ परेको बताए। उनले भने, ‘कुटपिटमा सातजना संलग्न थिए। जसमध्ये सयुस श्रेष्ठ पनि एक थिए। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनले उनीविरुद्ध धरौटी रकम र क्षतिपूर्ति भर्न आदेश गरेको थियो। तर, यसले उक्त रकम भरेको छैन।’

उपप्राध्यापक चलाउनेमाथि २० असोज ०७७ मा त्रिभुवन विश्वविद्यालयस्थित नेपाल विद्यार्थी संघका अध्यक्ष हरिप्रसाद आचार्य र योगेन्द्र रावलको योजनामा सांघातिक हमला भएको थियो। हमलामा रूपेश साह, नीरज रानामगर, सयुस भनिने सयुज श्रेष्ठ र दीपकराज ओझा संलग्न थिए 

चलाउनेमाथि विश्वविद्यालय परिसरमै हमला भएको थियो। उनलाई बाँसका भाटाले टाउको, हात, खुट्टामा निर्ममतापूर्वक प्रहार गरिएको थियो। घटनामा उनको खुट्टा, ढाड र करङ भाँचिएका थिए भने टाउकोमा पनि गम्भीर चोट लागेको थियो। करिब ६ महिनाको गम्भीर उपचारपछि मात्रै उनी नियमित काममा फर्किन सकेका हुन्।