१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पालिकाले निकाल्यो आफ्नै पाठ्यपुस्तक ‘हाम्रो कृष्णपुर’ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १४:४५:oo

सुदूरपश्चिम प्रदेशको एक पालिकाले आफ्नै पाठ्यपुस्तक प्रकाशित गरेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आफ्नै पाठ्यपुस्तक प्रकाशित गरेको हो। 

चालू शैक्षिक सत्र ०८० देखि कृष्णपुर नगरपालिकाले ‘हाम्रो कृष्णपुर’ नामक पाठ्यपुस्तक पढाउन सुरु गरेको छ। कृष्णपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुदत्त भट्टले कक्षा एकदेखि आठसम्म आधारभूत तहका लागि पाठ्यपुस्तक तयार पारिएको बताए। उनका अनुसार कृष्णपुर नगरका मेयर हेमराज ओझाले सुप प्रदेशमै आफ्नै पाठ्यपुस्तक निकाल्ने कृष्णपुर पहिलो पालिका भएको दाबी गरेका छन्। 

‘आफ्नै पाठ्यक्रम राखेर पुस्तक निकाल्ने हामी कञ्चनपुरमा मात्रै नभई प्रदेशमै पहिलो पालिका रहेछौँ,’ मेयर ओझाले भने, ‘यो हामी सबैको उपलब्धि हो। उक्त पाठ्यपुस्तकमा नगरपालिको परिचय, चिनारी, ऐतिहासिक, धार्मिक, पर्यटकीय गन्तव्य नगरपालिकाबारे जानकारी, पालिका सरकार गठन, कामकाज कर्तव्य जानकारीसहितका विविध विषय समेटेका छौँ,’ मेयर ओझाले भने। 

एक सय पूर्णांकको उक्त ‘हाम्रो कृष्णपुर’ पुस्तक कक्षा एकदेखि कक्षा आठसम्मका विद्यार्थीले अनिवार्य पढनुपर्नेछ। नगरप्रमुख हेमराज ओझाले बालबालिकालाई कृष्णपुर नगरपालिकाबारे अझ राम्रोसँग जान्न र बुझ्न यो ‘हाम्रो कृष्णपुर’ पुस्तकले थप टेवा पुग्ने बताए। 

मेयर ओझाले कक्षाअनुरूप विषयवस्तु फरक–फरक राखिएको छ। उनले लामो समयको मिहिनेतपश्चात् यो पुस्तकले आकार पाएको भन्दै आगामी दिनमा थप यसलाई अझ परिष्कृत गरेर लैजाने बताए। 

पालिकाद्वारा प्रकाशित गरिएको किताब वितरण सुरु गरिएको छ। पालिकामा रहेका संस्थागत तथा निजी विद्यालयमा वितरण गरिएको हो। कृष्णपुर नगरपालिका उपप्रमुख द्रोपती रानाले पालिकाले आफ्नै पाठ्यपुस्तक निकालेपछि स्थानीय विद्यार्थीलाई आफ्नो पालिकाबारे आधारभूत ज्ञान हुने बताए।

पालिकाले आफ्नै पाठ्यपुस्तक निकालेपछि स्थानीय शिक्षक, विद्यार्थी अभिभावक हर्षित भएका छन्। आफू बसेको पालिकाबारे जानकारी लिन सैद्धान्तिक तथा व्यावहारिक ज्ञान अभिवृद्धि हुनेछ।