१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १३:३२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

रोशी गाउँपालिकाका २६ सयभन्दा बढी घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३२:oo

काभ्रेको रोशी गाउँपालिकाका तीन हजार ७९ परिवारमध्ये दुई हजार ६ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ। आठ सय ६८ परिवारको संघीय सरकारले तथा एक हजार सात सय ८० परिवारको गाउँपालिकाले बिमा शुल्क व्यहोरेको हो।

रोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको ज्येष्ठ नागरिक स्वास्थ्य बिमासम्बन्धी समीक्षा कार्यक्रम २०८० मा सो जानकारी दिइएको हो। स्वास्थ्य शाखाका प्रमुख गंगालाल श्रेष्ठका अनुसार रोशीको जनसंख्याअनुसार ३७.३१ प्रतिशत नागरिकको स्वास्थ्य बिमा भएको छ। रोशीको जनसंख्या २३ हजार सात सय ९० रहेकोमा अहिलेसम्म आठ हजार आठ सय ७८ जनाको स्वास्थ्य बिमा भएको उनले बताए।

६०–७० वर्ष उमेर समूहका एक हजार सात सय ८० परिवारको गाउँपालिकाले तथा ७० वर्षमाथिका आठ सय १४ परिवारको नेपाल सरकारले निःशुल्क बिमा गरेको छ। ५४ जना पूर्ण अपांगता भएका नागरिकहरूको पनि निःशुल्क बिमा गरिएको छ। ३० परिवारको महिला स्वयंसेविकाहरूको ५० प्रतिशत सरकारले व्यहोर्ने गरी बिमा भएको छ। चार सय एक परिवारले भने शुल्क आफैँ तिरेर बिमा गरेका छन्।