१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Friday, 09 May, 2025
२o८o असोज ११ बिहीबार ११:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धार्मिक भ्रमणमा देवघाट आएका दुई युवक स्नान गर्ने क्रममा बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार ११:१३:oo

पवित्र तीर्थस्थल देवघाटमा भ्रमणमा आएका दुई युवक नारायणी नदीमा स्नान गर्ने क्रममा बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा भारत आसाम घर भई अहिले धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा संस्कृत पढ्ने वर्ष १९ का भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका– ३ मिलनचोक बस्ने वर्ष १७ का पंकज दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

धनगढी उपमहानगरपालिका र लक्ष्मीनारायण मन्दिरको संयुक्त भ्रमणमा उनीहरू देवघाट आएका थिए । नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर बिहान ७ बजे प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले बेपत्ता भएकाको खोजीकार्य गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।