१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Friday, 09 May, 2025
२o८o असोज ११ बिहीबार १o:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सनराइज क्यापिटलको ३० प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार १o:५o:oo

लक्ष्मी सन्राइज बैंकको पूर्ण स्वामित्वमा रहेको सन्राइज क्यापिटल लिमिटेडले आव ०७९/८० को नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । क्यापिटलको १३औँ वार्षिक साधारणसभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

क्यापिटलले विगत ६ वर्षमा एक सय ५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको जनाएको छ । साधारणसभामा आव ०७९/८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण पनि पारित भएको जनाइएको छ । 

कम्पनीले वर्तमान आफ्नो इन्भेस्टमेन्ट बैंकिङअन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै हालसम्म तीन अर्ब ११ करोड रुपैयाँबराबरको तीनवटा म्युचुअल फन्ड सञ्चालन गर्दै आइरहेको जनाएको छ । जसमध्ये सन्राइज फस्र्ट म्युचुअलले आफ्नो चौथौ सञ्चालन वर्षसम्ममा ८५ प्रतिशत नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको जनाएको छ । त्यस्तै, पोर्टफोलियो व्यवस्थापन सेवाअन्तर्गत दुई सयभन्दा बढी ग्राहकको ५० करोड रुपैयाँभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको जनाइएको छ ।