१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:१९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरामा मनाइयो विश्व पर्यटन दिवस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१९:oo

पोखरामा विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी बुधबार मनाइएको छ । पोखरेली पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्को आयोजना तथा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विविध कार्यक्रमसहित पोखरामा ४४औँ विश्व पर्यटन दिवस मनाइएको हो । 

दिवसको अवसर पारेर पोखरामा मिनी सडक महोत्सव, पर्यटकको स्वागत, वृक्षरोपण, रक्तदानलगायतका कार्यक्रम गरिएको थियो । रेवान पोखराले लेकसाइड क्षेत्रको बाराही चोकदेखि खहरे चोकसम्म मिनी सडक महोत्सवको आयोजना गरेको हो । सडकमै खाऊ, सडकमै रमाऊ भन्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा त्यस क्षेत्रमा सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूले आफ्ना भान्छा सडकमै राखेर सडकबाटै पर्यटकलाई सेवा दिएका थिए ।

महोत्सवमा सडकमै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको परिकार, नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम, साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी, घरेलु एवं हस्तकलाका सामग्री, लाइभ ब्यान्ड, पञ्चेबाजा, गन्दर्भ गायनलगायतका गरी सडकमै मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति रहेको थियो । दिवसको अवसरमा भारतीय टुर अपरेटर र भारतीय मिडियाकर्मीसमेत पोखरा आएका छन् । कार्यक्रममा सहभागी हुन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत पोखरा आएका थिए । 

हवाई र सडकमार्गबाट पोखरा आएका पर्यटकलाई पञ्चेबाजासहित फूलमाला र उपहार दिएर स्वागत गरिएको थियो । पोखरास्थित पर्यटकीय संघ–संस्थाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटन बसपार्कमा आएका पहिलो पर्यटकलाई स्वागत सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्दराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सहयोग गर्न भारतीय राजदूतलाई घुमाउरो पारामा आग्रह गरेका थिए । उनले नेपाल र भारतलाई हवाईसँगै सडकमार्गबाट सहज ढंगले जोड्न आवश्यक रहेकोमा जोड दिए । कोरला र त्रिवेणी नाका सञ्चालन गर्न सके प्रदेशको मात्र होइन, समग्र देशमा आर्थिक क्षेत्र चलायमान हुने भएकाले यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्न आवश्यक रहेको उनको भनाइ थियो । 

कार्यक्रमका विशेष अतिथि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशको सांस्कृतिक सम्बन्धबाट पर्यटकको संख्या बढाउन सक्ने, भातृत्वको सम्बन्धसमेत बढ्दै जाने बताए । नेपाल आउने भारतीय पर्यटकको संख्या बढाउनका लागि आफ्नोतर्फबाट आवश्यक पहल र सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।