१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रम प्रचण्ड र वाङबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३६:oo

चीनको औपचारिक भ्रमणको क्रममा ल्हासा भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चीनको स्वशासित क्षेत्र तिब्बतका सिपिसी कमिटीका पार्टीसचिव वाङ छुङछेङले भेटवार्ता गरेका छन्।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ छुङछेङलाई चीन सरकारले नेपाल चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएको र छुङछेङको नेतृत्वमा भएका अर्थपूर्ण क्रियाकलापबाट नेपाल-चीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान पुगेकोमा प्रशंसा गरे।

उनले नेपाल र चीनबीचका दुईपक्षीय हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि बताए। 

भेटवार्तामा सचिव छुङछेङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सक्रिय रहने बताए। 

भेटवार्तामा प्रधानमन्त्रीको भ्रमण दलमा रहेको सदस्यहरू सहभागी थिए। तिब्बतलाई चिनियाँहरूले आफ्नो भाषामा सिज्याङ भन्ने गरेका छन्। 
प्रधानमन्त्री प्रचण्डले भोलि कैलाश पर्वत र मानसरोवर तालको भ्रमण गर्ने कार्यक्रम रहेको छ।