१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जहाज खरिद प्रक्रिया अन्तिम चरणमा 

जहाज खरिद पारदर्शी हुने मन्त्री किराँतीकाे आश्वासन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५२:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन्। 

आज ४४औँ विश्व पर्यटन दिवसका अवसरमा ललितपुरको पाटन दरबार क्षेत्रपरिसरमा आयोजित कार्यक्रममा उनले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले निगमको जहाज खरिद गर्न लागेको बताए।  

मन्त्री किराँतीले भने, ‘जहाज खरिदका  विषयमा नकारात्मक टिप्पणी भइरहे पनि पारदर्शीपूर्ण ढंगले प्रक्रिया अघि बढाइन्छ। कुनै किसिमको अनियमितता नहुनेमा म विश्वास दिलाउँछु।’

निगमको आन्तरिक उडानका लागि आन्तरिक स्रोतबाटै तीन थान ट्विनअटर जहाज खरिद गर्न लागिएको छ । निगमसँग हाल आन्तरिकतर्फ दुई थान ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई थान वाइड बडी र दुई थान न्यारोबडी जहाज छन्।