काभ्रे जिल्लाको बनेपा नगरपालिका– ७ धनेश्वरस्थित बनेपा–पनौती रोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार हिजो बेलुकी करिब ९ बजे बनेपा– ७ धनेश्वर गेटनजिकै बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.८४प ६९५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा.४ख९९७५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलचालक रोशी गाउँपालिका– ८ खार्पाचोकका ३९ वर्षीय सिद्धिकुमार लामा गम्भीर घाइते भई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा पठाएको र त्यहाँ उपचार हुन नसकेपछि काठमाडौंस्थित न्युरो अस्पतालमा रिफर गरेकोमा आज बिहान ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना गराउने टिपर, टिपरचालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।