मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १७ आइतबार
  • Sunday, 03 December, 2023
तस्बिर : एपी
रासस नयाँदिल्ली
२०८० असोज ९ मंगलबार १५:५२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’

Read Time : < 1 मिनेट
रासस, नयाँदिल्ली
२०८० असोज ९ मंगलबार १५:५२:००

अमेरिकी सेनाका प्रमुख र्‍यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन्।

हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको सोमबारदेखि देशको राष्ट्रिय राजधानीमा सुरु भएको सम्मेलनमा भारतीय सेनाप्रमुख मनोज पाण्डेका साथ भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी सेनाप्रमुखले अमेरिका र भारतीय सेनाबीचको साझेदारीले हिन्द–प्रशान्त क्षेत्रमा स्थायित्व कायम गर्न सहज हुने बताए।

हिन्द–प्रशान्त क्षेत्रका सेनाहरूबीचको संवाद र छलफलले आपसी विश्वास र मैत्रीलाई सुदृढ बनाउने तथा चुनौतीपूर्ण वर्तमान वातावरणमा सहकार्य र साझेदारी गर्दा यस क्षेत्रका सबैलाई फाइदा हुने बताए।

अतिवाद, संगठित अपराध नियन्त्रण गर्ने साझा रणनीतिसमेत तयार गर्नुपर्ने परिस्थिति उत्पन्न भएको बताउँदै उनले सेनाहरूबीचको सम्बन्ध बलियो बनाउन सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे।

भारतीय सेनाप्रमुख पाण्डेका अनुसार हिन्द–प्रशान्त क्षेत्रका १९ देशका सेना प्रमुख सहभागी रहेको सम्मेलनको मुख्य उद्देश्य आपसी समझदारी, संवाद र मैत्रीका माध्यमबाट यस क्षेत्रमा  शान्ति र स्थायित्व प्रवर्द्धन गर्नु हो।