१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा खाद्यले बेच्यो कुहिएको चामल [तस्बिरसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४६:oo

खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाले नाम्खा गाउँपालिका– ५ मुचुमा कुहिएको चामल बिक्री गरेको छ। काठमाडौंबाट केरुङ नाका हुँदै हिल्सा नाकाबाट नाम्खा गाउँपालिका पुगेको कुहिएको चामल बिक्री गरेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट बिक्री भएको चामल कुहिएको भेटिएको नाम्खा गाउँपालिका– ५ का सम्बा रिन्जिन तामाङले जानकारी दिए। ‘एक घरधुरीलाई चार–चार बोराको दरले बिक्री गरेको थियो । दुई बोरा कुहिएको आयो,’ तामाङले भने। 

‘मेरो मात्रै होइन, अधिकांश घरपरिवारमा कुहिएको चामल डल्लैडल्ला परेको छ,’ तामाङले भने।

‘चार बोरा चामल पाएका थियौँ कुहिएको छ,’ अर्की स्थानीय आङमु लामाले गुनासाे गरिन्।

‘२५ किलो दुई हजार तीन सय ७५ रुपैयाँमा किनेको चामल बोरा खोल्दा कुहिएको छ,’ लामाले भनिन्, ‘पैसा तिरिसकेका छौँ, चामल कुहिएर डल्ला परेको छ ।’

५० घरधुरीले किनेकाे चामलका अधिका‌ंश बोरा कुहिएको भेटिएको स्थानीय लोप्चाङ तामाङले बताए।

मुचु गाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भर्खैर बिक्री गरेको चामल कुहिएर खान नमिल्ने भएपछि बोरा खोलेर घाममा सुकाउने गरेको तामाङले बताए। 

‘घरको छतमा त्रिपालमा चामलको बोरा खोलेर सुकाउँदा पनि खान नमिल्ने खालको छ,’ तामाङको भनाइ छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार हिल्सा नाकामा चामल राख्ने गोदाम नहुँदा केही बोरा भिजेको बताए।

काठमाडौं केरुङबाट हिल्सा नाका हुँदै चार हजार क्विन्टल चामल आएको अधिकारीले बताए। उनका अनुसार तीन हजार क्विन्टल सिमकोट शाखाका लागि र हजार क्विन्टल नाम्खाका लागि आएको हो। कार्यालय प्रमुख अधिकारीले भने, ‘चामल कुहिएको भए फिर्ता गरेर राम्रो चामल दिन्छु। नत्र पैसा फिर्ता पनि दिइन्छ।’