१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Friday, 09 May, 2025
२o८o असोज ९ मंगलबार १३:५३:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पौडीमा अनुसिया हिटबाटै बाहिर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार १३:५३:oo

पौडीको महिला सय मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिएकी छिन्।

हाङझाउ स्पोर्टस् सेन्टरस्थित पौडीपोखरीमा तण्डुकार आफ्नो हिटमा तेस्रो भएकी थिइन्। हिट १ मा अनुसियाले निर्धारित दूरी एक मिनेट ०३ः१७ सेकेन्डमा पूरा गरिन्। कुल ३० खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी २५औँ स्थानमा रहिन्।

तेक्वान्दोमा गोविन्दको मिश्रित प्रदर्शन
नेपालले पदक आशा गरेको अर्को खेल तेक्वान्दो हो। तर, तेक्वान्दोमा लगातार नेपाली खेलाडीले खराब नतिजा निकालिरहेका छन्। सन् २००६ पछि तेक्वान्दोका खेलाडीले एसियाडमा पदक जित्न सकेका छैनन्। 

एसियाडको चौथो दिन तेक्वान्दोका तीन खेलाडी पराजित भए। लिलान स्पोर्टस् कल्चर एन्ड एक्जिबिसन सेन्टरमा गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनि तौल समूहमा अन्तिम ३२ को खेल जितेका थिए। उनी प्रिक्वार्टरफाइनलबाट बाहिरिए। उनले अन्तिम ३२ मा टिमोर लिस्टेका जोस दा कोस्टा शिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै प्रिक्वार्टरफाइनल स्थान पक्का गरेका थिए।

अन्तिम १६ को खेलमा पनि गोविन्द थाइल्यान्डका बानलुङसँग भिडे । पहिलो चरणमा उनले बानलुङविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । उनी पहिलो राउन्डमा १४–१२ ले पछि परे । दोस्रो राउन्डमा उनी ८–७ ले पछि पर्दा २–० ले पराजित हुँदै बाहिरिएका हुन्।

महिला ५३ केजीमुनिको अन्तिम १६ को खेलमा नेपालकी आयशा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले  पराजित भइन् । आयशा पहिलो राउन्डमा १७–५ र र दोस्रो राउन्डमा १३–० ले पछि परिन् । महिला ५७ केजीमुनि प्रिक्वार्टरफाइनलमा सन्ध्याकुमारी सिंह आउनसँग २–० ले पराजित भइन् । सन्ध्या पहिलो राउन्डमा १४–० र दोस्रो राउन्डमा १७–३ ले पछि परिन् ।

यसअघि नै तेक्वान्दोका चार खेलाडी बाहिरिसकेका छन् । पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बू र महिला ग्योरोगीतर्फ अञ्जली तामाङले एक–एक खेल जिते पनि त्यहाँबाट अगाडि बढ्न सकेनन् । अन्य खेलाडी भने पहिलो राउन्डमै पराजित भएका थिए ।

तेक्वान्दोबाट यसपटक नेपालका कुल ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा सात खेलाडीको प्रतिस्पर्धा सकिइसकेको छ । अब तेक्वान्दोमा तीन पुरुष र एक महिला गरी चार खेलाडीको प्रतिस्पर्धा बाँकी छ ।