१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बोलेरो दुर्घटना हुँदा १३ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३१:oo

ताप्लेजुङको पाथीभरा याङबर– ३ तिरिंगेबाट पाथीभरा दर्शनका लागि गएको बोलेरो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 

तिरिंगे सडकखण्डमा मे.१ज २१८६ नम्बरको बोलेरो सडकबाट अन्दाजी ७० मिटर झरेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजन मुदेलका अनुसार दुर्घटनामा परी घाइते हुनेमा पाथीभरा याङबरङ– ३ तिरिंगेका बोलेरोचालक २१ वर्षका भक्त कार्की, ७० वर्षका धनबाहादुर डाँगी, ६२ वर्षका फूलमाया बस्नेत, सोही गाउँ बस्ने ३५ वर्षकी निर्मला बस्नेत, २२ वर्षका कर्णबहादुर भट्टराई, ३० वर्षका विमला डाँगी, ६ वर्षकी युनिसा बस्नेत, चार वर्षकी सोस्तिका बस्नेत रहेका छन् । 

त्यस्तै, तिरिंगेकै ४१ वर्षका ललित भट्टराई, २२ वर्षका कुमार भट्टराई, ३७ वर्षका मानबहादुर भट्टराई ३८ का चन्द्रबहादुर भट्टराई र झापा बाह्रदशी गाउँपालिका– २ बस्ते ४१ वर्षका कर्णबहादुर कार्की रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते हुनेहरूकाे उपचार जिल्ला अस्पताल ताप्लेजुङमा भइरहेको बताइएको छ ।