१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:३६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बिरामीको मृत्युपछि चिकित्सकमाथि कुटपिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३६:oo

मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित आफन्तले डा. अनिल शाहमाथि हातपात गरेका छन्

पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको छ । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित आफन्तले अस्पतालमा नाराबाजीसँगै चिकित्सक अनिल शाहमाथि हातपात गरेका छन् । 

चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले पोखरा– ५ मालेपाटनका विनय गुरुङलाई पक्राउ गरेको छ । मणिपालमा उपचारत लमजुङकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो ज्यान गएको थियो । तर, चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तले सोमबार दिनभर नाराबाजी गरे ।

ढाड दुख्ने र रक्तचाप कम भएपछि आइतबार भर्ना भएकी उनलाई सोमबार बिहान आइसियूमा सारिएको थियो । बिरामीका आफन्त र अस्पताल प्रशासनबीच वार्ताको प्रयास भइरहेको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । अस्पताल प्रशासनले भने घटनाबारे औपचारिक जानकारी दिएको छैन । 

केही दिनअघि मकवानपुरको हेटौँडामा दुई चिकित्सकमाथि बिरामीका आफन्तले कुटपिट गर्दा देशैभरका चिकित्सक आन्दोलित भएका थिए । एक महिनाअघि मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्त ड्युटीमा रहेका दुई चिकित्सकमाथि निर्घात कुटपिट गरेका थिए ।

घटनाको विरोधमा बागमती प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्दै चिकित्सक र अन्य स्वास्थ्यकर्मीले विरोध जनाएका थिए । चिकित्सक कुटपिटमा संलग्नलाई प्रहरी पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएपछि उनीहरू नियमित काममा फर्किएका हुन् ।