१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १२:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मनराम-एसकाज पत्रकारिता पुरस्कार- २०८० भोलानाथ गौलीलाई 

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १२:३२:oo

यस वर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका पुराना तथा अग्रज पत्रकार भोलानाथ गौलीलाई दिइने भएको छ। संखुवासभा–काठमाडौं जर्नालिस्ट एसोसिएसन (एसकाज)को आज सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

०५० सालदेखि राष्ट्रिय समाचार समितिमा संखुवासभाबाट पत्रकारिता थालेका गौलीले पत्रकारिताको माध्यमबाट जिल्लालाई चिनाउन पुर्‍याएको योगदानको कदर गर्दै ०८० सालको मनराम–एसकाज पत्रकारिता पुरस्कार– २०८० गौलीलाई दिने निर्णय गरेको पुरस्कार छनाेट समितिका संयोजक हेमन्त गौतमले जानकारी दिए।

समितिको सदस्यमा एसकाजका उपाध्यक्ष उद्धव भट्टराई र कोषाध्यक्ष द्वारिका काफ्ले गरी तीन सदस्यीय समिति रहेका थिए। 

संखुवासभानिवासी समाजसेवी मनमाया र रामबहादुर श्रेष्ठको नाममा मनराम प्रतिष्ठानद्वारा स्थापित पुरस्कारको राशि ५० हजार रुपैयाँ र ताम्रपत्र छ। 

उक्त पुरस्कारबाट संखुवासभामा सक्रिय रूपमा कलम चलाउने आठजना पत्रकार पुरस्कृत भइसकेका छन्। संखुवासभाका पुराना पत्रकार गंगा विष्ट, संखुवासभा पत्रकार महासंघका वर्तमान अध्यक्ष इन्द्र गिरी, नेपाल प्रेस युनियन संखुवासभाका अध्यक्ष दीपेन्द्र शाक्य, खाँदबारी एफएमका स्टेसन मेनेजर कृष्णराज शाक्य, नयाँ पत्रिकाकर्मी नवीन गुरुङ, पाख्रिवास सञ्चार गृह प्रालिका मेनेजिङ डाइरेक्टर प्रेम निरौला पुरस्कृत भइसकेका छन्। 

पुरस्कारको राशि बढाइएपछि गत वर्ष नेपाल पत्रकार महासंघ संखुवासभाका संस्थापक अध्यक्ष डा. मातृकाप्रसाद तिम्सिनालाई पुरस्कृत गरिएको थियो। संखुवासभाको खाँदबारी नगरपालिका– ८ पाठकगाउँनिवासी  ८२ वर्षीय गौली अहिले सामाजिक काममा समेत सक्रिय छन्। गौली अहिले साहित्य सिर्जना र पुस्तक प्रकाशन गर्दै आएका छन्। 

नौ वर्षअघि स्थापना भएको यो पुरस्कारको राशि २५ हजार रुपैयाँबाट बढाएर गत वर्षदेखि ५० हजार रुपैयाँ पुर्‍याइएको हो । प्रतिष्ठित पुरस्कार भएकाले यसको राशि आवश्यकताअनुसार बढाउँदै लगिने मनराम प्रतिष्ठानका अध्यक्ष सुजनकुमार श्रेष्ठले बताए। 

पुरस्कारले जिल्लाको सञ्चारकर्मीलाई पत्रकारिताको माध्यमबाट कलम चलाउन थप ऊर्जा मात्र दिएको छैन, यसले जिल्लालाई चिनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ। पुरस्कार यही असोज ११ गते काठमाडौंमा वितरण गरिने जनाएको छ।