१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सल्यान दुर्घटनामा मृत्यु हुने एकै घरका बाबुछोरा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३o:oo

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुने एकै घरका बाबुछोरा रहेका छन् । दुवै बाबुछोराले सल्यान, रोल्पालगायतबाट तरकारी ल्याएर दाङका बजारमा बेच्दै आएका थिए । तुलसीपुर उपमहानगरपालिका– १८ ग्वारखोला टोलका ५० वर्षीय गणेश बुढा बुबा हुन् भने २५ वर्षीय भक्तबहादुर छोरा हुन् ।

दुवै बाबुछोराले लामो समयदेखि तरकारी व्यवसाय गर्दै आएको वडाध्यक्ष माधव वलीले बताए । ‘उहाँहरू लामो समय छोराले गाडी चलाउने, बुबा सँगै हिँड्ने गर्नुहुन्थ्यो,’ वडाध्यक्ष वलीले भने, ‘रोल्पा, सल्यानबाट तरकारी ल्याएर दाङका बजारमा बेच्ने गर्नुहुन्थ्यो ।’  

दुवैजनाको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरूकाे शव  पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको छ ।  

उनीहरू सोमबार रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउँदै गरेका थिए । सोही क्रममा राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिका– ३ चोरखोलानजिकै सेतापैरामा दुर्घटनामा परेका हुन् । साढे ६ बजेतिर रा.१च १०२५ नम्बरको जिप साढे तीन सय मिटर तल खस्दा जिप टुक्राटुक्रा परेको छ । अनियन्त्रित भएर जिप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ । 

सोही दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका– २ निवासी ३५ वर्षीय नारायण योगी घाइते भएका छन् । उनको  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

ad
ad