१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका ओखलढुंगा
Invalid date format १५:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबर्जस्ती करणीमा पक्राउ पुर्जी जारी भएलगत्तै वडाध्यक्ष सम्पर्कविहीन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ओखलढुंगा
नयाँ पत्रिका
Invalid date format १५:३३:oo

ओखलढुंगाको सुनकोशी गाउँपालिका– १० का वडाध्यक्ष छविरमण धमलामाथि जबर्जस्ती करणीको आरोप लागेको छ। 

वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै  २५ वर्षीया युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ५ असोजमा उजुरी दिएकी थिइन्। 

उजुरीपछि वडाध्यक्ष धमलाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पीडित महिलाको उजुरीका आधारमा आज (आइतबार) ओखलढुंगा जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ गर्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए।

अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनलाई गिरफ्तार गर्ने तयारी गरेको छ। तर, धमला भने मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन्। धमला नेकपा एमालेबाट गत स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए।