१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा युवककाे मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३७:oo

लमजुङको बेँसीसहरमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकले ज्यान गुमाएका छन्। 

मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका– ५, बालुवाथान घर भई हाल बेँसीसहर नगरपालिका– ३, रानीकुवा बस्दै आएका २५ वर्षीय मनीष श्रेष्ठ रहेका छन्।

गएराति अन्दाजी  साढे ११ बजे श्रेष्ठले चलाएको ना.४७प ६४६९ नम्बरको मोटरसाइकल बेँसीसहर नपा– ७ गैरीधारानजिकै रोकिरहेको ग.२त ३८४२ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि उनलाई तत्काल अस्पताल लगिएको र उपचारको क्रममा राति १२ बजेतिर डाक्टरले मृत घोषणा गरेका थिए। श्रेष्ठको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।