
प्रोग्रेसिभ फाइनान्स लिमिटेडका कर्मचारी र ग्राहकले स्टार हस्पिटलको सेवामा छुट पाउने भएका छन् । प्रोग्रेसिभ फाइनान्स र सानेपास्थित स्टार हस्पिटलबीच स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौताअनुसार प्रोग्रेसिभ फाइनान्सका कर्मचारी तथा ग्राहकले स्टार हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य उपचार सेवामा २० प्रतिशतसम्मको छुट पाउनेछन् । सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र हस्पिटलका प्रमुख सञ्चालन अधिकृत सन्देश जिसीले हस्ताक्षर गरेका छन् ।
प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्वास्थ्य सेवाजस्तो आधारभूत आवश्यकतामा यस फाइनान्सका ग्राहकको सहज तथा सहुलियतपूर्ण पहुँच रहोस् भन्ने उद्देश्यका साथ यस्तो सम्झौता गरिएको बताए । हाल फाइनान्सले २२ शाखा तथा चारवटा विस्तारित काउन्टरमार्फत सम्पूर्ण बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।