१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
खेलकुद डिजिटल संस्करण

यस्तो बन्यो चन्द नेतृत्वमा क्यानको नयाँ टिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४५:oo

शनिबार सम्पन्न निर्वाचनबाट नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ पदाधिकारी पाएको छ।चतुरबहादुर चन्दकाे नेतृत्वमा संघको नयाँ टिम तयार भएकाे हाे। बर्दियाका विनय राजभण्डारीले नाम फिर्ता लिएपछि चन्द निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन्।

संघको उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन हुँदा सचिव पदका लागि प्रतिस्पर्धा भएको थियो। प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै सचिवमा राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन्।

त्यसैगरी, महिला सदस्यमा जयन्तीदेवी भट्ट निर्विरोध निर्वाचित भइन्। खुला सदस्यहरूमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयुष श्रेष्ठ, वीरेन्द्रबहादुर चन्द र करन महत्रा क्षेत्री निर्वाचित भएका छन्। बराबर मत पाएपछि करन महत्रा क्षेत्री गोला प्रथाबाट चुनिएका हुन्।

प्रदेश सदस्यहरूमध्ये लुम्बिनी र कर्णालीबाट निर्विरोध चयन भएका छन् भने पाँचजना प्रतिस्पर्धाबाट आएका छन्। कोशीबाट अर्जुन पौडेल, मधेशबाट माधवकुमार कर्माचार्य, बागमतीबाट दिवाकर घले, गण्डकीबाट सुदीप शर्मा, लुम्बिनीबाट प्रदीप मजगैया, कर्णालीबाट श्रीधर केसी र सुदूरपश्चिमबाट विक्रम विष्ट छन्।