१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका क्यालिफोर्निया
Invalid date format ११:३६:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्त्रीसँग माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, क्यालिफोर्निया
नयाँ पत्रिका
Invalid date format ११:३६:oo

गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापनाको लागि सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेकाे छ।  

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क आएका प्रधानमन्त्री प्रचण्डलाई क्यालिफोर्निया च्याप्टरले एक अनुरोधपत्र बुझाउँदै यथाशक्य शीघ्र कन्सुलर कार्यालय स्थापनाको माग गरेको हो। 

क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरिप्रसाद ओझा र सचिव कोपिला अधिकारीद्वारा हस्ताक्षरित अनुरोधपत्र बोर्ड अफ डाइरेक्टर जनकराज ढुंगानाले न्युयोर्क पुगेर बुधबार प्रधानमन्त्रीलाई बुझाए। 

प्रधानमन्त्रीलाई बुझाइएको अनुरोधपत्रमा क्यालिफोर्निया राज्यमा करिब एक लाख नेपालीहरूको बसोवास भएको र अत्यावश्यक कामको लागि नेपालीहरूलाई कठिनाइ भएको स्मरण गराउँदै शीघ्र कन्सुलर कार्यालय स्थापनाको माग गरिएको छ। 

अनुरोधपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यो कुरा क्याबिनेटमा प्रस्तावकाे रूपमा राख्ने बताएका थिए।