१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विश्व बैंकले नेपाललाई साढे दुई अर्ब अनुदान दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:३८:oo

विश्व बैंकले नेपालाई साढे दुई अर्ब रुपैयाँ अनुदान दिने भएको छ । नेपालको कृषि र पोषण क्षेत्रका लागि विश्व बैंकले दुई करोड अमेरिकी डलर (दुई अर्ब ६५ करोड रुपैयाँ) अनुदान सहयोग दिने भएको हो । 

विश्व बैंकले दिएको उक्त अनुदान सहयोग खाद्य तथा पोषण सुरक्षा वृद्धि परियोजनाका लागि खर्च गरिनेछ । परियोजनाले १६ गाउँपालिकाका ५५ हजार किसान लाभान्वित हुनेछन् । 

कृषिको उत्पादकत्व र पोषण अभ्यास सुधारका लागि यो परियोजनाले सहयोग गर्नेछ । खाद्य र पोषण सुरक्षाले नेपालको गरिबी घटाउने राष्ट्रिय लक्ष्यमा समेत सहयोग गर्नेछ विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंका देशीय प्रमुख फारिस हजाड जर्भोसले बताए । यसबाट दिगो विकासअन्तर्गत जिरो हंगरको लक्ष्य कार्यान्वयनमा समेत सहयोग पुग्ने उनले बताए । 

एसियाली विकास बैंकले सवा १३ अर्ब सहुलियत ऋण दिने 
एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई सवा १३ अर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा दिने भएको छ । नेपालको वित्तीय व्यवस्थापन तथा विकेन्द्रीकरणमा सहयोग गर्न एडिबीले १० करोड अमेरिकी डलर (१३ अर्ब २६ करोड) सहुलियतपूर्ण कर्जा दिने भएको हो । 

उक्त ऋण सार्वजनिक वित्तीय व्यवस्थापन मजबुद बनाउन, सेवा प्रवाह विकास, संरचनागत वित्तीय हस्तान्तरण, खर्च र ऋण व्यवस्थापनलगायतमा खर्च गरिनेछ ।एडिबीको यो सहयोग कार्यक्रमले पुँजीगत खर्चलाई प्रभावकारी, परिणामुखी, सार्वजनिक संस्थाहरूको सुधार, वित्तीय जोखिम घटाउन, वित्तीय पारदर्शिता र प्रभावकारिता बढाउन प्रविधीकरण गर्न प्रयोग हुने एडिबीका सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटाले बताए । 

ad
ad