१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस बैतडी
२o८१ बैशाख २० बिहीबार १३:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

तेस्रो संस्करणको पाटन प्रिमियर लिग कात्तिकमा

Read Time : < 1 मिनेट
रासस, बैतडी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१९:oo

तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ  । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो सातादेखि सञ्चालन हुनेछ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए। उनका अनुसार द्वितीय पुरस्कार रु. ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद रु. २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. ११ हजार एक सय ११ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

कात्तिक पहिलो सातादेखि प्रतियोगिता गर्ने तयारी भइरहेको जनाउँदै आयोजनाबारे थप छलफल गर्न क्लबले यही असोज १२ गते बैठकका लागि सम्बन्धित सबैलाई बोलाइएको अध्यक्ष चन्दले बताए। बैठकपछि प्रतियोगिताको मिति र अन्य थप जानकारी सार्वजनिक गरिने उनको भनाइ थियो।

यसअघिका दुई संस्करणमा टेनिस बल खेलाएको भए पनि यस वर्ष ड्युज बल खेलाउने आयोजकले जनाएको छ । सहभागी हुने टोलीका लागि यही असोज १३ गतेदेखि २७ गतेसम्म दर्ता समय राखिएको छ । 

प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि सम्पन्न दोस्रो संस्करणको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआई) पाटनले लिएको थियो भने पहिलो संस्करणको च्याम्पियन कैलपाल क्रिकेट क्लब भएको थियो।

ad
ad