मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १५ शुक्रबार
  • Friday, 01 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ५ शुक्रबार ११:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पञ्चशील बहुउद्देश्यीय सहकारीले दियो १८ प्रतिशत लाभांश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ५ शुक्रबार ११:४३:००

ललितपुरको कुमारीपाटीमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यलाई १८ प्रतिशतले लाभांश प्रदान गरेको छ । संस्थाको २३औँ वार्षिक साधारणसभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

साधारणसभामा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले आव ०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आव ०८०/०८१ का लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेको जनाइएको छ । हाल संस्थाको सेयर पुँजी १७ करोड ३० लाख ३५ हजार रुपैयाँ पुगेको उल्लेख छ ।

संस्थाले हाल एक अर्ब ८२ करोड चार लाख निक्षेप संकलन गरी वार्षिक दुई अर्ब ८५ करोड ४८ लाख रुपैयाँ कुल कारोबार गरेको जनाएको छ । संस्थाको जगेडा कोष तथा अन्यकोष गरी जम्मा २८ करोड ९६ लाख रुपैयाँ कायम रहेको जनाएको छ । आफ्नै संस्थागत भवनबाट शुल्करहित एटिएमको सुविधा दिइरहेका साथै स्मार्ट बैंकिङ, क्युआरलगायत विभिन्न किसिमका सदस्यकेन्द्रित सुविधा उपलब्ध गराउँदै गरेको प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले बताए ।